नेपाल टी-ट्वान्टीप्रति सांसद बास्कोटाको कटाक्ष
काठमाडौँ- पूर्व संचारमन्त्री तथा नव निर्वाचित सांसद गोकुल बास्कोटाले नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जारी विवादप्रति कटाक्ष गरेका छन् ।
लिग अन्तर्गत मंगलबार पारिश्रमिक नदिएको भन्दै काठमाडौँ नाइट्स र विराटनगर सुपर किंग्सका खेलाडीहरुले टसका लागि ढिलो गरी मैदान प्रवेश गरेका थिए । जसका कारण लिगको उक्त खेल ९ ओभरको मात्र खेलाइएको थियो ।
बास्कोटाले टिम मालिक वेपत्ता भएपछि खेलाडीको विजोग भएको बताउँदै नेपाल क्रिकेट संघ (क्यान) को ताल ठिक नभएको पहिल्यै भनेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
उनले क्यानका अध्यक्ष चतुर बहादुर चन्दप्रति पनि व्यंग्य गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया