क्रिकेट

टी–ट्वान्टी लिगमा काठमाडौं नाईट्स पराजित

इकागज |
पुस २१, २०७९ बिहीबार १६:५६ बजे

काठमाडौँ - काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ । 

बिहीबार टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो । जीतसंगै फार वेस्ट युनाईटेडको प्लेअफ सम्भाबना कायमै रहेको छ । फार वेस्टले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो । 


काठमाडौंका लागि कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७÷१७ रन बनाउँदा सुनाम गौतम १६ रनमा आउट भए । विरनदिप सिंह १४ रनमा आउट हुँदा सन्तोष कार्की १२ रनमा आउट भए । फार वेस्टका लागि करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २÷२ तथा मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले समान १÷१ विकेट लिए ।  

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो ।  फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ७६ रन बनाए भने भण्डारीले ७३ रन बनाए ।

यस्तै  जनकपुर रोयल्स पनि प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली भएको छ ।  बिहीबार टियु मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६६ बल अगाबै ६ विकेटले पराजित गरेको हो । पोखराबाट जितको लागि ६९ रनको सामान्य लक्ष्य जनकपुरले ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो ।

लिगको विजेताले ५५ लाख पाउनेछन् भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । 


Author

थप समाचार
x