नेपाल टी-ट्वान्टीः विराटनगरसँग पराजित हुँदै फार वेस्ट बाहिरियो
काठमाडौँ- फार वेस्ट युनाइटेड नेपाल टी-ट्वान्टी क्रिकेट लिगबाट बाहिरिने पहिलो टिम बनेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगर सुपर किंग्ससँग ३ रनले पराजित हुँदै फार वेस्ट लिगबाट बाहिरिएको हो ।
लिग अन्तर्गत फार वेस्टले ९ मध्ये ७ खेलमा पराजय भोग्यो । यता बिराटनगरले भने ९ मध्ये चार खेल जित्दै प्लेअफको सम्भावना बलियो बनाएको छ । समान १० खेल खेलेका लुम्बिनी अल स्टार्सको १६ तथा जनकपुर रोयाल्सको १४ अं रहेको छ । यता ९ समान खेल खेलेका काठमाडौँको र विराटनगरको समान ८-८ अंक छ । ९ खेलबाट पोखरा एभेन्जर्सको ६ तथा फार वेस्टको ४ अंक रहेको छ ।
अन्तिम खेलमा शनिबार विराटनरले काठमाडौँ तथा पोखरा एभेन्जर्सले फार वेस्टको सामना गर्नेछन् ।
शुक्रबारको खेलमा १ सय ४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रनमात्र जोड्न सक्यो । फार वेस्टका कप्तान हसमातुल्लाह शाहिदीले ५८ रन तथा उमाइर अलीले २३ रन बनाए । विराटनरका राज नननले ३ तथा सुर्य तामाङले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोड्यो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ५० रन जोडे । अर्जुन साउदले २२ तथा कप्तानो रोहित पौडेलले २१ रन बनाए । फार वेस्टका उमाइर अलीले सर्वाधिक २ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया