क्रिकेट

नेपाल टी-ट्वान्टी फाइनलः लुम्बिनीले ब्याटिङ रोज्यो

इकागज |
पुस २७, २०७९ बुधबार ११:५६ बजे

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगको फाइनलमा विराटनगर सुपर किंग्सविरुद्ध लुम्बिनी अल स्टार्सले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयाल्स तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।


लिग चरणमा भने लुम्बिनीले १० मध्ये सर्वाधिक ८ खेलमा जित हात पार्दा विराटनगरले ५ खेल जितेको थियो ।

लुम्बिनीले भने विराटनगरलाई दुबै खेलमा पराजित गरेको थियो । लुम्बिनीले पहिलो खेल ३ रन तथा दोस्रो खेल १२ रनले जितेको थियो ।

फाइनलसम्म आइपुग्दा लुम्बिनी र विराटनगरबीच तेस्रो खेल हुँदैछ ।

लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख पाउनेछन् ।


Author

थप समाचार
x