नेपाल टी-ट्वान्टीः उपाधिका लागि विराटनगरलाई १३४ रन आवश्यक
काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगरलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३३ रन जोडेको हो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले ४१, हरमित सिंहले ३० तथा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
विराटनगरका लागि राज ननन र नन्दन यादवले २-२ विकेट तथा हुसेन तलत, केयोन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले एक-एक विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया