क्रिकेट

पीएम कप महिला क्रिकेटः कर्णालीमाथि लुम्बिनीको जित

इकागज |
पुस ३०, २०७९ शनिबार १६:१६ बजे

काठमाडौँ-  पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले जित हात पारेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा शनिबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गरेको हो ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर १ बलमा सबै विकेट गुमाएर ४९ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि यमुना थारुले १३ तथा किरण कुँवरले १० रन बनाए । अन्जिला थापा रिटायर्ड आउट भइन् ।  


लुम्बिनीका लागि मधु डिसी र कृतिका मरासिनीले समान ३-३ विकेट हात पारे । सुस्मिता भुषालले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोड्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३३ रन तथा सरस्वती पुनले ३० रनको योगदान गरे ।

कर्णालीका लागि यमुना थारु र बिना थापाले २-२ विकेट तथा रमा बुढाथोकीले १ विकेट लिए । कर्णालीका बलरहरुले ४९ अतिरिक्त रन खर्चिए ।


Author

थप समाचार
x