क्रिकेट

पीएम कप क्रिकेटः एपीएफ सेमिफाइनल नजिक

इकागज |
माघ १, २०७९ आइतबार १२:९ बजे

काठमाडौँ- नेपाल एपीएफ क्लब पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा आइतबार समूह ‘ए’ अन्तर्गतको खेलमा बागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै एपीएफ अन्तिम चार नजिक पुगेको हो ।

एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । बागमतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले बागमतीलाई ३३ रनले पराजित गरेको थियो ।


आइतबारको खेलमा १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र जोड्यो । बागमतीका लागि सोनी पाखरिनले १३, कन्चन श्रेष्ठले ११ तथा अस्मिना कर्माचार्यले १० रन बनाए ।

एपीएफका लागि निशा भट्टले ३ तथा सीता राना मगरले २ विकेट लिए । रेखा रावलले १ विकेट हात पारिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन जोड्यो । एपीएफका लागि इन्दु बर्माले ३८ रन तथा कप्तान सीता राना मगरले ३६ रनको योगदान गरे ।

बागमतीका लागि अस्मिना कर्माचार्य, खुसी डंगोल, मनिषा उपाध्याय र सोनी पाखरिनले एक-एक विकेट हात पारे ।


Author

थप समाचार
x