पीएम कपः प्रदेश १ सेमिफाइनलनजिक
काठमाडौँ- प्रदेश १ पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा सोमबार समूह ‘बी’ अन्तर्गत लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गर्दै प्रदेश १ अन्तिम चारनजिक पुगेको हो ।
यसअघि प्रदेश १ ले मधेश प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । लुम्बिनीले भने पहिलो खेलमा कर्णाली प्रदेशलाई ९८ रनले हराएको थियो ।
सोमबार खराब मौसमका कारण ९ ओभरमा समेटिएको खेलमा ६० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ७ विकेट गुमाउँदै ५० रन मात्र जोड्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३१ रन बनाइन् । प्रदेश १ का लागि संगीता राईले सर्वाधिक ३ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोड्यो । काजल श्रेष्ठले २१, कप्तान रुबिना क्षेत्रीले १७ तथा अप्सरी बेगमले १२ रन जोडे ।
लुम्बिनीका लागि कृतिका मरासिनी, सरस्वती पुन र बिभास्ना बिसीले एक-एक विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया