महिला आईपीएलको ‘मिडिया राइट्स’ ९५१ करोड भारुमा बिक्री
काठमाडौँ- भियाकम१८ ले २०२३-२०२७ सम्मको लागि महिलाको इन्डियन प्रिमियर लिग (आईपीएल) को मिडिया राइट्सको अधिकार पाएको छ । सोमबार भएको बोलकबोलका क्रममा भियाकमले ९५१ करोड भारतीय रुपैयाँमा उक्त अधिकार पाएको आईएएनएसले जनाएको छ ।
यसको अर्थ प्रत्येक खेलको मिडिया राइट्स ७.०९ करोड भारतीय रुपैयाँ पर्ने भएको छ । बीसीसीआईले महिलाको आईपीएलका लागि उक्त रकम ठूलो भएको जनाएको छ ।
भियाकमले सन् २०२३-२०२७ सम्मका लागि पुरुषको आईपीएलको इन्डियन सबकन्टिनेन्टको मिडिया राइट्स २३ हजार ७५८ करोडमा खरिद गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया