‘साइबर स्क्याम’मा आईसीसीले नै गुमायो २५ लाख डलर
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) साइबर अपराधको सिकार हुँदै २५ लाख बढी अमेरिकी डलर गुमाउन पुगेको छ ।
क्रिकइन्फोले उल्लेख गरे अनुसार आईसीसी अमेरिकाबाट लक्षित गरिएको ‘साइबर स्क्याम’ को सिकार भएको हो । सन् २०२२ मा बिजनेस इ-मेल कम्प्रोमाइज अर्थात इमेल खातालाई गलत तरिकाले प्रयोग गरी उक्त रकम चोरी गरिएको हो ।
अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले यसलाई आर्थिक रूपमा सबैभन्दा ठूलो नोक्सानी भएको अनलाइन अपराधहरू मध्ये एक रहेको जनाएको छ ।
तर यसबारे पूर्ण अनुसन्धान भने भइसकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया