क्रिकेट

महिलाको आईपीएलः टिम खरिदका लागि चेन्नईसहित तीन टिम पछि हट्यो

इकागज |
माघ १०, २०७९ मंगलबार १२:९ बजे

काठमाडौँ- महिलाको इन्डियन प्रिमियर क्रिकेट लिग (आईपीएल) को टिम खरिदका लागि पुरुषको आईपीएल खेल्ने सातवटा टिमका मालिकले औपचारिक रुपमा आवेदन दिएका छन् । आईपीएल खेल्ने अन्य ३ टोलीले भने टिम खरिदका लागि इच्छा नदेखाएको क्रिकबजले जनाएको छ ।

बीसीसीआईले मुम्बइमा मार्च महिनामा आयोजना गर्ने महिलाको आईपीएलमा पाँच टिमको सहभागिता रहने छ ।


मुम्बइ इन्डियन्स, कोलकत्ता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयाल्स, दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयाल च्यालेन्जर्स बैंग्लोरले टिम खरिदका लागि आवेदन दिएका छन् ।

चेन्नइ सुपर किंग्स, गुजरात टाइटन्स र लखनउ सुपर जायन्टसले भने टिम खरिदका लागि इच्छा देखाएको छैन ।

टिम खरिदको बोलकबोलको टुंगो भने बुधबार लाग्ने छ ।


Author

थप समाचार
x