क्रिकेट

न्यूजिल्यान्डविरुद्धको क्रिकेट सिरिज भारतद्वारा क्लिन स्विप

इकागज |
माघ ११, २०७९ बुधबार १०:५६ बजे

काठमाडौँ- घरेलु टोली भारतले न्यूजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । इन्दोरमा भएको तेस्रो तथा अन्तिम खेल भारतले ९० रनले जित्दै सिरिज क्लिन स्विप गरेको हो ।

तेस्रो खेलमा ३ सय ८६ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्यान्डले ४१ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ९५ रनमात्र जोड्न सक्यो । न्यूजिल्यान्डका लागि डेभोन कनवेले १ सय ३८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।


भारतका लागि सार्दूल ठाकुर तथा कुलदिप यादवले समान ३-३ विकेट तथा युजवेन्द्र चहलले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो । भारतका लागि शुभमन गिलले सर्वाधिक १ सय १२ रन तथा कप्तान रोहित शर्माले १ सय १ रन जोडे ।

जाकोब डफ्फी र ब्लेयर टिकनरले समान ३-३ विकेट लिए ।


Author

थप समाचार
x