मुम्बइ, दिल्ली र बैंग्लोरले किने महिला आईपीएलको टिम
काठमाडौँ- पुरुषको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने तीन टिमले महिलाको आईपीएलका लागि टिम खरिद गरेका छन् । क्रिकइन्फोले जनाए अनुसार मुम्बइ इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले टिम खरिद गरेका हुन् ।
अदानी ग्रुप तथा काप्री ग्लोबलले बाँकी दुई टिम खरिद गरेका हुन् । यसै वर्षको मार्चमा सुरु हुने पहिलो संस्करणको महिलाको आईपीएलमा पाँच टिमको सहभागिता रहनेछ ।
उक्त टिमहरुको घरेलु मैदान मुम्बइ, दिल्ली, बैंग्लोर, अहमदाबाद र लखनउमा रहने छ ।
बीसीसीआईले जनाए अनुसार अहमदाबाद सर्वाधिक महंगो अर्थात १२८९ करोड भारतीय रुपैयाँमा ब्रिकी भएको हो । त्यसैगरी, मुम्बइ ९१९.९९ करोड, बैंग्लोर ९०१ करोड, दिल्ली ८१० करोड तथा लखनउ ७५७ करोडमा बिक्री भएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया