क्रिकेट

दुई वर्षपछि कप्तान रोहितले हिर्काए टेस्ट क्रिकेटमा शतक

इकागज |
माघ २७, २०७९ शुक्रबार १५:३२ बजे

काठमाडौँ- भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले दुई वर्षपछि टेस्ट क्रिकेटमा पहिलो शतक पूरा गरेका छन् । घरेलु मैदानमा रोहितले शुक्रबार अस्ट्रेलियाविरुद्धको टेस्टका क्रममा शतक पूरा गरेका हुन् ।

रोहितले पछिल्लो पटक सन् २०२१ को सेप्टेम्बर मा इंग्ल्यान्डविरुद्ध शतक पूरा गरेका थिए । त्यसयता उनले टेस्ट क्रिकेटमा शतकविहीन थिए । टेस्ट क्रिकेटमा रोहितको यो नवौं शतक हो ।


अस्ट्रेलियाविरुद्ध रोहित १ सय २० रन बनाएर आउट भए । उनले १५ चौका र २ छक्का हिर्काए ।

उनले गत जनवरी न्यूजिल्यान्डविरुद्ध शतक पूरा गर्दै एकदिवसीयमा तीन वर्षपछि शतकको खडेरी तोडेका थिए ।


Author

थप समाचार
x