क्रिकेट

टेस्ट सिरिज : अस्ट्रेलियाविरुद्ध भारतको शानदार जित

इकागज |
माघ २८, २०७९ शनिबार १५:० बजे

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । नागपुरमा शनिबार अस्ट्रेलियालाई एक इनिङ्स र १ सय ३२ रनले पराजित गर्दै भारतले सिरिजमा अग्रता बनाएको हो ।

पहिलो इनिङ्समै २ सय २३ रनले पछि परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा ९१ रनमै सबै विकेट गुमाउन पुग्यो । अस्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक २५ रन जोडे । अस्ट्रेलियालाई सस्तैमा समेट्न रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट हात पारे ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ७७ रनमै सबै विकेट गुमाएको थियो । अस्ट्रेलियाका मार्नस लाबुछानेले सर्वाधिक ४९ रन बनाएका थिए । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ५ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

भारतले भने पहिलो इनिङ्समा ४ सय रन बनाएको छ । भारतका लागि कप्तान रोहित शर्माले १ सय २० रन तथा अक्सर पटेलले ८४ र रविन्द्र जडेजाले ७० रनको योगदान गरे ।

अस्ट्रेलियाका लागि टेस्टमा डेब्यू गरेका टोडी मर्फीले ७ विकेट तथा प्याट कमिन्सले २ विकेट लिए ।


Author

थप समाचार
x