क्रिकेट

टी-ट्वान्टी विश्वकपः पाकिस्तानलाई भारतले हरायो, श्रीलंका पनि विजयी

इकागज |
फागुन १, २०७९ सोमबार ९:३९ बजे

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत भारत र श्रीलंकाले जित हात पारेका छन् । समूह ‘बी’ अन्तर्गत भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्‍यो ।

केप टाउनमा भएको खेलमा १ सय ५० रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतलाई जित दिलाउन जेमिमाह रोड्रिगेजले अविजित ५३ रनको योगदान गरिन् । पाकिस्तानका लागि नासरा सान्धुले २ तथा सादिया इक्वालले १ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेट गुमाएर १ सय ४९ रन बनायो । पाकिस्तानका लागि कप्तान बिसमाह मारुफले ६८ तथा आयसा नसिमले ४३ रन जोडेपनि त्यो पर्याप्त भएन् । भारतकी राधा यादवले सर्वाधिक २ विकेट हात पारिन् ।

समूह ‘ए’ अन्तर्गत पनि श्रीलंकाले बंगलादेशलाई ७ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन बनाएपनि श्रीलंकाले १ सय २७ रनको लक्ष्य ३ विकेट गुमाएर १८.२ ओभरमा पुरा गर्‍यो ।


Author

थप समाचार
x