इंग्ल्यान्डलाई विश्वकप दिलाएका पूर्व कप्तान मोर्गानले लिए सन्यास
काठमाडौँ- इंग्ल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान इयोन मोर्गानले सबैखाले प्रतिस्पर्धात्मक क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१९ मा इंग्ल्यान्डलाई क्रिकेट विश्वकपको उपाधि दिलाएका मोर्गानले गत जुलाई २२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
३६ वर्षीय मोर्गानले आयरल्यान्ड र इंग्ल्यान्डका लागि १६ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । गत जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि फ्रेन्चाइज्ड लिग भने खेलिरहेका थिए ।
उनले गत वर्ष द हन्ड्रेडमा लन्डन स्प्रिटको कप्तानी गरेका थिए । उनले अबु धावी टी-टेनमा न्यूयोर्क स्ट्राइकर तथा दक्षिण अफ्रिकाका एसए२० मा पार्ल रोयाल्सका लागि खेलेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया