क्रिकेट

पहिलो ओभरमै सन्दीपले लिए विकेट

इकागज |
फागुन २, २०७९ मंगलबार ९:५८ बजे

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै नामिबियाविरुद्ध विकेट हात पारेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नामिबियाविरुद्धको खेलमा सन्दीपले व्यक्तिगत पहिलो ओभर तथा टिमको ११ औँ ओभरमा नेपाललाई सफलता दिलाए ।


सन्दीपले ११ औँ ओभरको दोस्रो बलमा १३ रन बनाएका नामिबियाका कार्ल बिर्केनस्टोकको विकेट हात पारेका हुन् ।

नेपालले टस जितेर पहिले बलिङ रोजेपछि नामिबिया ब्याटिङ गरिरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले घरेलु मैदानमा पहिलो पटक नामिबियाविरुद्ध खेल्दैछ ।


Author

थप समाचार
x