क्रिकेट

नेपालविरुद्ध नामिबियाका माइकल भानको शतक

इकागज |
फागुन २, २०७९ मंगलबार ११:४३ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नामिबियाका ब्याटर माइकल भान लिन्गेनले शतक पुरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा लिन्गेनले नेपालविरुद्ध शतक पुरा गरेका हुन् । उनले १ सय १८ बलमा शतक पुरा गरे । उनले ६ चौका र ४ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबिया ४ विकेट गुमाएर २ सय रन नजिक पुगेको छ ।  


जेरहार्ड इरासमस ५६ रन तथा लो-हान्द्रे लोउरेन्स ५ र कार्ल बिर्केनस्टोक १३ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र कुशल मल्लले एक-एक विकेट लिएका छन् ।


Author

थप समाचार
x