स्कटल्यान्डको बलरसामू निरिह नामिबिया १५३ रनमै सिमित
काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नामिबियाका खेलाडीहरु स्कटल्यान्डका बलरसामू निरिह बनेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो । नामिबियाका लागि लो-हान्द्रे लोउरेन्सले सर्वाधिक ५४ तथा पिक्की या फ्रान्सले ३० रन बनाए ।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४ तथा साफयान शरिफ र मार्क वाट्टले समान ३-३ विकेट लिए ।
यसअघि मंगलबार पहिलो खेलमा नामिबियाले नेपालसँग २ विकेटको पराजय भोगेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया