क्रिकेट

बंगलादेशी क्रिकेटरलाई ‘स्पट फिक्सिङ’ गर्न अर्का खेलाडीको आग्रह

इकागज |
फागुन ३, २०७९ बुधबार १४:५८ बजे

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपका क्रममा बंगलादेशका खेलाडीहरुलाई एक क्रिकेट खेलाडीले नै ‘स्पट फिक्सिङ’ का लागि आग्रह गरेको खुलासा भएको छ ।

ढाकाको जमुना टिभीले बंगलादेशका खेलाडीबीच फिक्सिङका लागि भएको कुराकारीको ‘अडियो रेकर्डिङ’ सार्वजनिक गरेको क्रिकइन्फोले जनाएको छ । ती मध्ये दक्षिण अफ्रिकामा रहेका बंगलादेश टिमका एक खेलाडी समेत रहेको बताइएको छ । अर्का खेलाडी बंगलादेशमै रहेको बताइएको छ ।


बंगलादेश क्रिकेट बोर्डका मुख्य कार्यकारी निजामुदिन चौधरीले खेलाडीलाई उक्त विषयलाई आईसीसीको एन्टी करपसन युनिटलाई जानकारी गराउन आग्रह गरेको छ ।

‘म तिमीलाई बाध्य पारिरहेको छैन । तिमी चाहन्छौ भने फिक्सिङका लागि खेल्न सक्छौ । अथवा तिमी अर्को खेलमा पनि खेल्न सक्छौ । तिमीले चाहेकै खेलमा खेल्न सक्छौ । तिमीलाई टिमका व्यवस्थापकले यसबारे जानकारी दिनेछ,’ कुराकानीमा उल्लेख छ ।

तर जवाफमा उक्त खेलाडीले आफू त्यसमा संलग्न हुन नचाहेको बताइरहेको रेकर्डमा सुनिन्छ । उनले पुनः यस्ता कुरा नगर्न तथा आफूले यो गर्न नसक्ने समेत जवाफ दिएकी छन् ।

समूह ‘ए’ अन्तर्गत बंगलादेशले श्रीलंका र अस्ट्रेलियाविरुद्ध पराजय भोगिसकेको छ ।


Author

थप समाचार
x