सन्दीप लिग-२ को सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा स्कटल्यान्डविरुद्ध २ विकेट हात पारेपछि सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका हुन् ।
सन्दीपले २२ खेलमा ४७ विकेट हात पारिसकेका छन् । उनी अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेका छन् । लिग-२ मा ५० विकेट पुरा गर्न सन्दीपलाई केवल ३ विकेटको आवश्यकता रहेको छ ।
लिग-२ मा ३५ खेल खेलका ओमानका विलाल खानले सर्वाधिक ७६ विकेट तथा अमेरिकाका सौरभ नेत्रभाल्कारले ५८ विकेट हात पारेका छन् । सन्दीप तथा ओमानकै जिसन मक्सुदले समान ४७-४७ विकेट हात पारेका छन् ।
नेपालकै करण केसीले ४२ विकेट हात पारेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया