क्रिकेट

अन्ततः लामिछानेले दिलाए नेपाललाई पहिलो विकेट

इकागज |
फागुन ६, २०७९ शनिबार १०:११ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १५ औँ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपाली लेग स्पिनर सन्दीपले १५ औँ ओभरको तेस्रो बलमा २० रन जोडेका कार्ल बिर्केनस्टोकको विकेट लिए ।


१५ ओभरको समाप्तीमा नामिबियाले १ विकेट गुमाएर ६५ रन जोडेको छ ।

यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो । त्यसैगरी, दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पाखा लगायो ।


Author

थप समाचार
x