क्रिकेट

टेस्ट सिरिज : अस्ट्रेलियाविरुद्ध भारतको अर्को जित

इकागज |
फागुन ७, २०७९ आइतबार १५:२४ बजे

काठमाडौँ- घरेलु टोली भारतले अस्ट्रेलियाविरुद्धको ४ खेलको टेस्ट सिरिजमा २-० को अग्रता बनाएको छ । दिल्लीमा भएको दोस्रो खेल ६ विकेटले जित्दै भारतले अस्ट्रेलियाविरुद्ध अग्रता लिएको हो ।

दोस्रो इनिङ्समा जितका लागि चाहिएको १ सय १५ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पुरा गर्‍यो । कप्तान रोहित शर्मा र चेतेश्वर पुजाराले समान ३१-३१ रन जोडे । नथन लायनले २ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा उसमान खवाजाको ८१ तथा पिटर ह्यान्ड्सकमको ७२ रनको मदतमा २ सय ६३ रन जोडेको थियो । भारतका लागि मोहमद सामीले ४ तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान ३-३ विकेट लिए ।

भारतले भने पहिलो इनिङ्समा अक्सर पटेलको ७४ रनको मदतमा २ सय ६२ रन जोडेको थियो । अस्ट्रेलियाका नथन लायनले सर्वाधिक ५ विकेट लिए ।

अस्ट्रेलियाले भने दोस्रो इनिङ्समा १ सय १३ रनमै सबै विकेट गुमायो । ट्राभिस हेडले ४३ तथा मार्नस लाबुचानेले ३५ रन बनाए । भारतका लागि जडेजाले ७ तथा आश्विनले ३ विकेट हात पारे ।


Author

थप समाचार
x