रोहितले अस्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाउने
काठमाडौँ- भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेल गुमाउने भएका छन् । भारतले पाहुना टोली अस्ट्रेलियाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ ।
कप्तान शर्माले भने मार्च १७ मा मुम्बईमा हुने पहिलो एकदिवसीय गुमाउने भएका छन् । शर्मा स्थानमा उप-कप्तान हार्दिक पाण्ड्याले भारतीय टिमको कप्तानको भूमिकामा रहने क्रिकइन्फोले जनाएको छ ।
हार्दिकले पहिलो पटक एकदिवसीयमा भारतीय टिमको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन् । तर उप-कप्तान भने तोकिएको छैन । केएल राहुल भने अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भने उप-कप्तान रहेका थिए ।
यता जयदेव उनाडकट भने एकदिवसीय टिममा अटाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया