स्कटल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले दिलाए विकेट
काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई सन्दीप लामिछानेले पहिलो विकेट दिलाएका छन् । सन्दीपले टिमको आठौ तथा व्यक्तिगत पहिलो ओभरमा नेपाललाई पहिलो सफलता दिलाए ।
सन्दीपले आठौ ओभरको पाँचौ बलमा २२ रन जोडेका कायल कोएट्जरको विकेट लिए । सक्टल्यान्डले ४२ रन जोडेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया