क्रिकेट

करण बने एकदिवसीयमा नेपालका लागि ५० विकेट लिने तेस्रो बलर

इकागज |
फागुन ९, २०७९ मंगलबार ११:५३ बजे

काठमाडौँ- फास्ट बलर करण केसीले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा केसीले ५० विकेट पूरा गरेका हुन् । उनले सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध एक विकेट लिदै ५० विकेट पूरा गरेका हुन् । केसीले ३२ खेलमा ५० विकेट लिए ।


यता सन्दीप लामिछानेले ३४ खेलमा ८२ विकेट तथा सोमपाल कामीले ३६ खेलमा ५२ विकेट लिएका छन् ।


Author

थप समाचार
x