क्रिकेट

स्कटल्यान्डले दियो नेपाललाई सामान्य लक्ष्य, सन्दीपले लिए ४ विकेट

इकागज |
फागुन ९, २०७९ मंगलबार १२:२९ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई २१३ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाएर २१२ रन जोड्यो ।  


स्कटल्यान्डका लागि जर्ज मुन्सीले ६० रन तथा म्याथ्यू क्रसले ४२ रनको योगदान गरे । ब्रान्डन म्याकमुलनले ३१ रन तथा कायल कोएट्जर र क्रिस्टोफर माइकब्राइडले समान २२-२२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा कुशल मल्ल ललित राजवंशीले एक-एक विकेट लिए ।


Author

थप समाचार
x