मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ : लामिछाने
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले देशले क्रिकेट जितेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले कति योगदान गरेको थाहा नभएपनि देशले क्रिकेट जितेको उल्लेख गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले चार वटै खेल जितेको थियो ।
नेपालले नामिबिया तथा स्कटल्यान्डलाई दुई-दुई पटक पराजित गर्दै लिग-२ अन्तर्गतको सिरिजमा पहिलो पटक चारवटै खेल जितेको थियो । नेपालले चार वटै खेल जित्दा सन्दीप एक्लैले १३ विकेट लिए । उनले नामिबियाविरुद्धको दुबै खेलमा समान ३-३ विकेट तथा स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ३ तथा दोस्रो खेलमा ४ विकेट हात पारे ।
जितसँगै नेपालले एकदिवसीय मान्यता मात्र नभएर विश्वकप छनोट खेल्ने सम्भावना समेत जिवित राखेको छ । उक्त सिरिज जितेपछि सन्दीपले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।
‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले लेखेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया