क्रिकेट

नेपाली सिनियर र जुनियर दुवै टिमले एकै दिन युएईविरुद्ध क्रिकेट खेल्दै

इकागज |
फागुन १०, २०७९ बुधबार १३:२५ बजे

काठमाडौँ- नेपाली सिनियर क्रिकेट टिम तथा नेपाली यू-१९ क्रिकेट टिमले एकै दिन महत्वपूर्ण खेलमा युनाइटेड अरब इमिरेट्सविरुद्ध खेल्दैछ । सिनियर र जुनियर दुवै टिमले युएईविरुद्ध उसैको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिजको दोस्रो खेल मार्च २ मा दुबई इन्टरनेसनल स्टेडियममा नेपालले युएईविरुद्ध खेल्नेछ ।


त्यसैगरी, आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपाली यू-१९ टिमले युएईको यू-१९ टिमविरुद्ध खेल्ने तालिका रहेको छ । उक्त खेल पनि मार्च २ तारिखमा इडेन गार्डेन अजमानमा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x