क्रिकेट

अर्जुन र देवकाे शतकमा कुवेतमाथि नेपालको सानदार जित

इकागज |
फागुन १३, २०७९ शनिबार १८:४ बजे

काठमाडौँ– युएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत शनिबारको खेलमा नेपालले कुवेतलाई २४३ रनले हराएको छ । 
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३४३ रन बनाएको थियो ।

नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कुमालले ११२ बलमा १०८ रन बनाएका थिए भने खनालले ११७ बलमा १२५ रन बनाएका थिए ।  यसबाहेक दीपक बोहोराले १३, विशाल विक्रम क्षेत्रीले २३, दीपक बोहोराले १९ र दीपकप्रसाद डूम्रेले २० रन बनाएका थिए । 


३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १० विकेट गुमाउँदै १०० रनमै सीमित भएको थियो । कुवेतका लागि जुड क्रिटोफर साल्धानाले सर्वाधिक २६ रन मात्रै बनाउन सफल भएकाले थिए ।

कुवेतलाई १०० रनमा रोक्न नेपालका आकाश चन्दले सबै भन्दा बढी ६ विकेट लिए । उनले ९.५ ओभरमा  ४३ रन खर्चिए ६ विकेट लिएका हुन् ।  यस्तै हेमन्त धामी र दिपेश कँडेलले समान २–२ विकेट लिएका हुन् ।


Author

थप समाचार
x