विश्वकप लिग-२
युएईमा नेपाललाई शीर्ष पाँचमा उक्लिने अवसर
काठमाडौँ- महत्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको नेपाललाई आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शीर्ष ५ मा पुग्ने अवसर मिलेको छ ।
लिग-२ अन्तर्गत युएईमा नेपालले घरेलु टोली युएई तथा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध समान २-२ खेल खेल्ने तालिका रहेको छ । चारवटै खेलमा जित हात पार्न सके नेपाल लिग-२ को शीर्ष पाँचमा उक्लिनेछ । युएईले पीएनजीविरुद्धको दुबै खेल जितेमा पनि नेपालले युएईलाई एक अंकले पछि पार्दै शीर्ष पाँचमा उक्लिनेछ ।
अहिले युएई र नेपालले समान २८-२८ खेल खेले पनि युएईको २९ अंक छ भने नेपालको २६ अंक छ । युएई भन्दा नेपाल ३ अंकले पछि रहेको छ । चारवटै खेलमा जित हात पारे नेपाल सबै ३६ खेल खेलिसकेको अमेरिका (३५ अंक) भन्दा केवल एक अंकले पछि हुनेछ ।
लिग-२ मा च्याम्पियन बनिसकेको तथा ३६ वटै खेल खेलिसकेको स्कटल्यान्डको ५० अंक, त्यसैगरी ३६ खेल खेलिसकेका ओमानको ४४ अंक तथा नामिबियाको ३९ अंक छ । २८ खेल खेलेको पीएनजीको केवल ५ अंक छ ।
युएईमा नेपालले भोली सोमबार पीएनजीसँग, मार्च २ मा युएईसँग, मार्च ३ मा पीएनजी तथा मार्च ६ मा युएईसँग खेल्ने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया