क्रिकेट

अस्ट्रेलियाले छैटौं पटक जित्यो टी-ट्वान्टी विश्वकपको उपाधि

इकागज |
फागुन १५, २०७९ सोमबार ८:५५ बजे

काठमाडौँ- अस्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी-ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार राति केप टाउनमा भएको फाइनलमा आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधि हात पारेको हो ।

अस्ट्रेलियाले सात मध्ये ६ पटक विश्वकपको उपाधि जितेको हो । साथै यो लगातार तेस्रो उपाधि हो ।


१ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । उसका लागि लाउरा उलभार्टले सर्वाधिक ६१ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले अविजित ७४ रनको योगदान गरिन् ।

दक्षिण अफ्रिकाका लागि शबनिम इस्माइल र मारिजाने कापले २-२ विकेट लिए ।


Author

थप समाचार
x