सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा आजबाट सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले पहिलो विकेट हात पारेको छ ।
दुबई इन्टरनेसन स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले पाँचौ ओभरमा पहिलो विकेट गुमाएको हो । सोमपाल कामीले आफ्नो तेस्रो ओभरको पहिलो बलमा २ रन बनाएका टोनी उराको विकेट लिए ।
लिग-२ अन्तर्गत नेपाल र पीएनजी दुबैले २९ औँ खेल खेल्दैछन् । यसअघि नेपालले २८ मध्ये १२ खेल जितेको छ । पीएनजीले भने २ खेल मात्र जित्न सकेको छ ।
नेपालले २८ खेलबाट २६ अंक जोड्दा पीएनजीको केवल ५ अंक छ ।
पछिल्ला पाँच एकदिवसीय खेल हेर्दा नेपालले ३ खेलमा जित हात पार्दा पीएनजीले २ खेल जितेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया