क्रिकेट

यू-१९ क्रिकेटः हङकङले दियो नेपाललाई १२१ रनको लक्ष्य

इकागज |
फागुन १५, २०७९ सोमबार १३:४६ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको तेस्रो खेलमा हङकङले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२० रन जोड्यो । हङकङका लागि पार्थ भागवतले ३६ रनको योगदान गरे । मोहमद अलियान जाहिरले २९ रन बनाए ।


नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवाश भण्डारीले २-२ विकेट विकेट हात पारे । दिपेश कंडेलले १ विकेट लिए ।


Author

थप समाचार
x