डेब्यूमै प्रतिशले दिलाए नेपाललाई विकेट
काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा प्रतिश जिसीले डेब्यू खेलमै विकेट लिएका छन् ।
प्रतिशले पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालका लागि डेब्यू खेलमै विकेट लिन सफल भएका हुन् । उनले ३४ औँ ओभरको तेस्रो बलमा १० रन बनाएका हिरी हिरीलाई दिपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए ।
दुबई इन्टरनेसन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५ विकेट गुमाएर १ सय १९ रन जोडेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया