क्रिकेट

लिग-२: पीएनजीले दियो नेपाललाई २०४ रनको लक्ष्य

इकागज |
फागुन १५, २०७९ सोमबार १५:२० बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा आजबाट सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेसन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोड्यो । पीएनजीका लागि असाद भालाले ३६ रन, सेसे बाउले ३१ रन र कप्तान किपलिन डोरिगाले २९ रन जोडे । हिरी हिरीले १० रन बनाए । चाड सोपरले ३६ रन तथा नोरमन भानुआले २५ रन बनाए ।


नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट हात पारे । कुशल मल्लले २ तथा करण केसी, प्रतिश जिसी र सोमपाल कामीले १-१ विकेट लिए । प्रतिशले डेब्यू खेलमै विकेट लिएका हुन् ।


Author

थप समाचार
x