लिग-२ : युएईलाई पराजित गरे नेपाल शीर्ष पाँचमा उक्लिने
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले भोलि (बिहीबार) आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दैछ ।
नेपाल र युएईबीचको खेल दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार बिहान ११.४५ बजेबाट सुरु हुनेछ । नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो । युएई भने आफ्नो पहिलो खेलमा पीएनजीसँग १ सय ३१ रनले पराजित भएको थियो ।
लिग-२ अन्तर्गत नेपाल र युएईले समान ३० औँ खेल खेल्दैछन् । यसअघिका २९ खेलबाट नेपालले २८ अंक जोड्दा युएईको २९ अंक छ ।
बिहीबारको खेलमा जित हात पार्न सके नेपाल तालिकाको शीर्ष ५ मा उक्लिनेछ । अहिले युएई पाँचौं तथा नेपाल छैटौँ स्थानमा छन् ।
सहभागी ७ टिममध्ये लिग-२ को च्याम्पियन भैसकेको स्कटल्यान्डले ३६ खेलबाट ५० अंक, ओमानले ४४ अंक, नामिबियाले ३९ अंक तथा अमेरिकाले ३५ अंक जोडेका छन् । ३० खेल खेलेको पीएनजीको भने ७ अंक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया