क्रिकेट

आइसिसी विश्वकप लिग–२

युएईविरुद्ध नेपाल : टस जितेर बलिङ रोज्यो, सन्दीपको 'कमब्याक'

इकागज |
फागुन १८, २०७९ बिहीबार ११:३५ बजे

काठमाडौँ - आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् ।


घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

प्लेईङ-११

 


Author

थप समाचार
x