क्रिकेट

‘कमब्याक’ सन्दीपले लिए दोस्रो विकेट

इकागज |
फागुन १८, २०७९ बिहीबार १३:११ बजे

फाइल तस्बिर

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध नेपालका सन्दीप लामिछानेले दोस्रो सफलता दिएका छन् । राष्ट्रिय टिममा पुनः कमक्याक गरेका सन्दीपले यूएईका वृत्या अरविन्दलाई आउट गराए ।

सन्दीपले १३.४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहेका अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराउँदै पभेलियन फर्काए ।


टस जितेर अहिले नेपालले बलिङ गरिरहेको छ  । नेपालका करण केसीले घरेलु टोली यूएईका ओपनर मुहम्मदवासिमलाई बोल्ड आउट गरेका थिए ।

नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउने सम्भावना नजिक रहन्छ । बलात्कार अभियोग लागेका सन्दीपलाई  विदेशमा गएर खेल्न पाउने अधिकार दिएको थिएन । त्यसैअनुरुप यो शृ‌खलामा उनी टिममा परेका थिएनन् ।

सर्वाेच्चले हिजै सन्दीपले देशबाहिर गएर खेल्न पाउने फैसला गरेपछि बुधबार यूएई गएका थिए । त्यसैले उनले आज फेरि नेपाली टिममा कमब्याक गरेका हुन् ।


Author

थप समाचार
x