क्रिकेट

नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

इकागज |
फागुन १८, २०७९ बिहीबार १३:५८ बजे

काठमाडौँ– युएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत बिहीबारको खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ ।  
टस हारेर पहिले व्याटिङ गरेको नेपालले ४८.५ ओभर खेल्दै १९१ रन बनाएको छ ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाएका छन् । यस्तै विशाल विक्रम क्षेत्रीले ३८ रन, उत्तम रघु थापामगरले ३६ रन बनाए । युएईका ध्रुव पराशरले ३ विकेट लिएका छन् भने आयन अफजल खान र हरित हरिश शेठ्ठीले समान दुई विकेट लिएका छन् ।


यस्तै हर्शीत शेठ र अमर बडामीले समान १–१ विकेट लिएका छन् ।  

आजको खेलमा विजयी हुने टिम २०२४ मा श्रीलङकामा हुने यु–१९ विश्वकपमा छनाेट हुनेछ । 


Author

थप समाचार
x