लिग-२ : नेपालले पायो २०८ रनको लक्ष्य
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको हाे । युएईका लागि आशीफ खानले सर्वाधिक ७२ रन बनाएका छन् । यस्तै रोहन मुस्तफाले ५२, आयन लार्काले २८, कप्तान रिजवानले २२ तथा वृत्य अरविन्दले १८ रनको योगदान गरेका छन् ।
युएईलाई २०८ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी, कुशल मल्ल र आरिफ शेखले समान १–१ विकेट लिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया