लिग–२ क्रिकेट : यूएईसँग नेपालको लज्जास्पद हार
काठमाडौँ–आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईसँग नेपालले लज्जासपद हार बेहोरेको छ ।
२०८ रनको लक्ष्य पछ्याएको नेपाल २५ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटीएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
युएईका लागि आशीफ खानले सर्वाधिक ७२ रन बनाएका छन् । यस्तै रोहन मुस्तफाले ५२, आयन लार्काले २८, कप्तान रिजवानले २२ तथा वृत्य अरविन्दले १८ रनको योगदान गरेका छन् ।
युएईलाई २०७ रनमा समेटने क्रममा नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी, कुशल मल्ल र आरिफ शेखले समान १–१ विकेट लिएका छन् । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रनको योगदान गरे ।
यस्तै सन्दिप लामिछानेले २६ रन, आशीफ शेखले १७ रन बनाए भने दिपेन्द्र सिहं ऐरी, कुशल भूर्तेल, गुल्शन झा, सोमपाल कामी र करण केशीले दोहोरो अंक जोड्न सकेनन् । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शून्यमा आउट भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया