क्रिकेट

लिग-२ : नेपालले पीएनजीलाई ३ विकेटले हरायो

इकागज |
फागुन १९, २०७९ शुक्रबार १८:५३ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ३ विकेटले पराजित गरेको छ ।

१८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । आशिफ शेखले ८६ रन बनाए । कुशल मल्लले २३ रन जोडे । सन्दीप लामिछानेले ३५ रन बनाए ।
पीएनजीका आसाद भालाले ३ विकेट लिए । यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १७९ रन जोड्यो । पीएनजीका लागि टोनी उराले ३९ रन तथा किपलिन डोरिगोले २६ रन जोडे । हिरीले ३१ रनको योगदान गरे ।


नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट तथा करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक-एक विकेट लिए ।


Author

थप समाचार
x