क्रिकेट

आईसीसी विश्वकप लिग-२

नेपाल आज युएईसँग भिड्दै : खेल जिते शीर्ष ५ मा उक्लिने

इकागज |
फागुन २२, २०७९ सोमबार १०:८ बजे

काठमाडौँ - युएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत सिरिजको अन्तिम खेल आज नेपालले घरेलु टोली युएईसँग खेल्दैछ । सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । 

नेपाल र दुएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । 


आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित भएको छ । 

यता नेपालको ३१ खेलमा ३० अंक छ । अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।

नेपाली टोली-

रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने


Author

थप समाचार
x