भिम सार्कीको अर्धशतकमा नेपालले दियो युएईलाई २३० रनको लक्ष्य
काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनायो ।
नेपालका लागि भिम सार्कीले ९९ बलमा सर्वाधिक ७० रनको योगदान गरे । उनले ७ चौका हिर्काए । पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलका भिमको यो पहिलो अर्धशतक हो ।
आरिफ शेखले ४३ रनको योगदान गर्दा कुशल मल्लले ३२ रन जोडे । सन्दीप लामिछानेले २७ रन बनाए ।
युएईका जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लकराले समान २-२ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया