आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२
युएईमाथि नेपालको ४२ रनको जित, वर्ल्डकप क्वालिफाएरमा छनौट हुने सम्भावना कायमै
काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई ४२ रनले हराएको छ । २३० रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर खेल्दै १९० रनमा समेटिएको छ । यो जितसँगै नेपालको वर्ल्डकप क्वालिफायर खेल्ने सम्भावना कायमै भएको छ ।
लिग–२ मा बाँकी नेपालमा हुने अन्तिम सिरिजमा नेपालले पिएनजी र युएईसँगै खेल्ने छ । उक्त सिरिजमा ४ वटै खेल जितेमा नेपाल समूहमा तेस्रो हुँदै वर्ल्डकप क्वालिफायरमा छनौट हुनेछ ।
सोमबार दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।
नेपालका लागि भिम सार्कीले ९९ बलमा सर्वाधिक ७० रनको योगदान गरे । उनले ७ चौका हिर्काए । पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलका भिमको यो पहिलो अर्धशतक हो ।
आरिफ शेखले ४३ रनको योगदान गर्दा कुशल मल्लले ३२ रन जोडे । सन्दीप लामिछानेले २७ रन बनाए ।
युएईका जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लकराले समान २–२ विकेट लिए ।
यस्तै २३० रनको लक्ष्या पछ्याएको युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन बनाए । आर्यन लार्काले ५०, वृत्त अरविन्दले १३ रन बनाएका थिए ।
यस्तै युएईलाई २३० मा समेटन नेपालका सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान ३–३ विकेट लिएका हुन् भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले समान १-१ विकेट लिएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया