भोलिबाट लिग-२ को अन्तिम सिरिज, शीर्ष ३ मा पुग्ने नेपालको सम्भावना
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ ।
अन्तिम सिरिजको पहिलो खेल नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीच हुनेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहीबार विहान ९ बजेबाट सुरु हुनेछ ।
लिग-२ को अन्तिम सिरिजमा घरेलु टोली नेपाल तथा पीएनजीसँगै युनाइटेड अरब इमिरेट्स (युएई) को सहभागिता रहेको छ ।
यसै सिरिजबाट लिग-२ को शीर्ष ३ सँगै शीर्ष ५ मा रहने टिमको टुंगो लगाउनेछ । लिग-२ को विजेता बनिसकेको तथा ३६ वटै खेलबाट ५० अंक जोडेको स्कटल्यान्ड तथा ३६ खेलबाटै ४४ अक जोडेको ओमानले शीर्ष ३ मा स्थान सुरक्षित गरिसकेका छन् ।
यता तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक तथा अमेरिकाको ३५ अंक छ । ३२ खेलबाट ३२ अंक जोडेको नेपाल पाँचौ तथा ३२ खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा रहेका छन् । ३२ खेलबाट ९ अंक जोडेको पीएनजी भने पुछारमा रहेको छ ।
नेपालले शीर्ष ३ को सम्भावना कायमै राखेको छ । नेपालले सिरिजका चारवटै खेलमा जित हात पारे शीर्ष ३ मा रहदै विश्वकप छनोटमा स्थान बनाउने छ ।
सिरिजअन्तर्गत नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १२, तेस्रो खेल पीएनजीविरुद्ध मार्च १३ तथा अन्तिम खेल युएईविरुद्ध मार्च १६ मा खेल्ने तालिका रहेको छ ।
नेपाली टिमः
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया