लिग–२
आशिफ शेखको शतकमा नेपालले दियो पीएनजीलाई २९८ रनको विशाल लक्ष्य
काठमाडौँ– नेपालमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २९८ रनको लक्ष्य दिएको छ । नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो ।
२९८ रनको लक्ष्य तयार गर्न नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले शतकिय पारी खेले । उनले ११० बलमा २ छक्का र १२ चौका हान्दै ११० रन बनाएका छन् । यस्तै कुशल भूर्तेलले ४५, भिम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५, ज्ञानेन्द्र मल्लले ११, करण केसीले ८, सन्दिप लामिछानेले ७, सोपपाल कामीले ४, र कुशल मल्लले २ रन बनाए ।
टस जितेर पहिले फिल्डिङ गरेको पीएनजीले नेपाललाई २९७ रनमा रोक्नका लागि सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । कमियाले ९.१ ओभरमा ३८ रन खर्चिएर ५ विकेट लिएका हुन् । रिले हिकुरीले ३ विकेट लिए । १० ओभर बलिङ गरेका हिकुरेले ५० रन खर्चिएर ३ विकेट लिएका हुन् । यस्तै एली नाओले १ विकेट लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया