इक्युवालिटी महिला क्रिकेट कपको उपाधि मोरङलाई
विराटनगर - इक्युवालिटी कप महिला क्रिकेट–२०२३ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन विराटनगरको आयोजनामा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरको खेल सकिँदा ९ विकेटको क्षतिमा ७१ रनमै सीमित भएको थियो ।
मोरङकी टिका साहले ४ ओभर खर्चिएर सिरहालाई मात्र १० रन दिंदै ५ विकेट लिन सफल भइन् । सिरहाकी शोभा शर्माले सर्वाधिक १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यान मोरङसामु दोहोरो अंकका लागि जम्न सकेनन् । ७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० दशमलव १ बलमा ५ विकेट गुमाउँदै उपाधि उचाल्न सफल भएको हो ।
मोरङकी टिका साहले सर्वाधिक ३३ रनसहित नटआउट खेलिन् । सिरहाकी अर्चना महतोले मोरङको २ विकेट लिइन् । फाइनल खेलको ‘वुमन अफ दि फाइनल’ पनि टिका नै घोषित भइन् । ‘वुमन अफ सिरिज’ मोरङकी कप्तान सानु राजवंशी बनिन् । उनी प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान पनि घोषित भइन् । उत्कृष्ट बलर सिरहाकी चन्द्रीका साह र प्रतियोगिताको उदयीमान खेलाडि मोरङकी पूर्णीमा राजवंशी भइन् ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि आइसिसीकी ट्यूटर प्रशिक्षक सारा वेग, मेलवर्न क्रिकेट फाउण्डेशन इंग्ल्याण्डका एन्गुइस वेरी, क्रिकेट विदआउट बाउण्ड्रीज इंग्ल्याण्डका प्रमुख लि बुथ, तत्कालिन पूर्वाञ्चल क्रिकेट विकास समितिका उपाध्यक्ष नन्दु राठी, आयोजकका नेपाल क्रिकेट फाउण्डेशनका कार्यकारी निर्देशक अविशेक श्रेष्ठ र नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
फागुन २४ गतेदेखि विराटनगर–६ केशलिया रोडस्थित मेल्वर्न विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ, मधेस प्रदेशबाट सप्तरी र सिरहाका चार वटा टिम छनौट भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया